
२१औं शताब्दी संचार र आधुनिक प्रविधिको युग हो । यस्तै उन्नत प्रविधिलाई उपयोग गरेर विश्वका कतिपय राष्ट्रहरुले सरकारी कामकाजलाई Paperless प्रविधिमा लान धेरै कामहरु गरिसकेका छन् । यसै सर्न्दर्भमा हाम्रो राष्ट्रले पनि आधुनिक उन्नत प्रविधिको प्रयोगद्धारा विस्तारै सरकारी कार्यालयहरुलाई आधुनिकीकरणको प्रयास गरिरहेको छ । सरकारको सोही कार्यक्रमलाई अगाडि बढाउने क्रममा यस विभागले पनि आफ्नो विभाग र अर्न्तर्गतका निकायहरु (आयोजना र डिभिजन कार्यालयहरु) को गतिविधिलाई आफ्नो Website मा राखेर विभागको गतिविधिको जानकारी लिन चाहने सम्वन्धितहरुले आफ्नै ठाउँवाट सजिलै लिन सकून् भन्ने उद्देश्य लिएको छ ।
विभागको यस कामवाट कामहरुमा पारदर्शिता आउनुका साथै विभागलाई अझ कुशल बनाउन र्सवसाधरणवाट रचनात्मक सुझावहरु प्राप्त हुनेछन् र त्यस्ता रचनात्मक सुझावलाई विभागले आफ्ना आगामी कार्यक्रमहरुमा समावेश गरी आफ्नो गतिविधिहरुलाई अझ बढी पारदर्शी, जनमुखी र छिटो छरितो बनाउन सक्षम हुनेछ भन्ने आशा राखेको छु ।
यस विभागले अवका दिनहरुमा गरिने विकास निर्माणका कामहरु E-bidding मार्फ गराउने सोच लिएको छ । जसले गर्दा निर्माण व्यवसायीहरु वीचको अस्वस्थ प्रतिस्पर्धा समाप्त भई कामहरुको गुणस्तर वृद्धि हुने विश्वास लिईएको छ ।
अन्तमा विभागलाई अझ सक्षम, पारदर्शी र जनमुखी बनाउन यहाँहरुको रचनात्मक सुझावको अपेक्षा राखेको छु ।
महानिर्देशक |