| |
|
महाशाखा तथा शाखाका कार्यहरु |
शहरी विकास महाशाखा
विभागको उद्देश्य हासिल गर्न यस महाशाखाले शहरी विकासको प्रक्रियालाई क्षेत्रगत
आधारमा अध्ययन गरी आवश्यक स्थलगत तथा आर्थिक तथा सामाजिक सूचाकाङ्कहरूसहितका
नक्साहरू तयार पारी शहरी तथा ग्रामीण विकास अन्तःसम्बन्धलाई दरिलो बनाउदै शहरी
बस्तीहरूको व्यवस्थित विकास गर्ने, शहरी भू-उपयोग योजना सम्बन्धी मापदण्डहरू बनाउने,
शहरी वातावरणको अध्ययन, मूल्याङ्कन तथा अनुसन्धान गर्ने, शहरीकरण तथा नगर विकास
गर्ने क्रममा आवश्यक पूर्वाधारहरू जस्तै सडक, ढल र बिजुली आदिको विकास, सुधार तथा
विस्तार गर्न आवश्यक कदम चाल्ने र नगरपालिका, नगर विकास समितिहरूलाई भौतिक विकास
योजना तयार पार्न सहयोग गर्नुका साथै तिनको डिजिटल आधार नक्सा
(Digital Base Map)
तयार पर्ने कार्यका लागि समयमै प्रभावकारी रूपमा कार्य सम्पादन होस् भनी यस महाशाखा
अर्न्तर्गत ५ वटा छुट्टा-छुट्टै शाखाहरू कार्यरत रहेका छन् ।
» भौतिक योजना तथा शहरी विकास शाखा
» शहरी वातावरण शाखा
» साना शहर शाखा
» नगरपालिका शाखा
» तथ्यांक तथा भू-सूचना शाखा
भवन महाशाखा
विभागको उद्देश्य हासिल गर्नका लागि यस महाशाखाले विभाग अन्तर्गतका भवन निर्माण
सम्बन्धी डिजाइन, इष्टिमेट तयार गर्ने गराउने र जिम्मेवारी पाएअनुसारका अन्य सरकारी
भवनहरूको समेत डिजाइन इष्टिमेट तयार गर्ने गराउने कार्य गर्दछ । यसका साथै नियमित
रूपमा सरकारी भवनहरूको लगत राखी मर्मत सुधार गर्ने कार्य र नेपाल सरकारबाट स्वीकृत
भएको भवन निर्माण सहिता सम्बन्धित निकायमा लागु गर्राई भवन निर्माण गर्ने गराउने तथा
भवन निर्माण गर्दा अपनाउनु पर्ने प्रक्रियाहरू जस्तै ठेक्का व्यवस्थापन
(Contract Management) र खरिद व्यवस्थापन
(Procurement)को लागि आवश्यक निर्देशिका तथा मार्गदर्शन तयार गरी लागू गराउने कार्य यस
महाशाखाबाट गरिन्छ । यसको अलावा बिल्डिङ युटिलिटि सम्बन्धी कामका साथै आवस तथा शहरी
विकास कार्यक्रम सञ्चालनमा अपनाइनु पर्ने मापदण्ड
(Norms and Standard)
बनाई लागू गर्ने गराउने कार्य गरिन्छ । महाशाखाबाट गरिने काम समयभित्रै प्रभावकारी
रूपमा सम्पन्न गर्नका लागि यस महाशाखा अन्तर्गत ५ वटा छुट्टा-छुट्टै शाखाहरू
कार्यरत रहेका छन् ।
» भवन निर्माण शाखा
» भवन संहिता शाखा
» भवन सर्भिसेज शाखा
» भवन मर्मत तथा मुल्याङ्कन शाखा
» भवन मापदण्ड शाखा
आवास महाशाखा
विभागको उद्देश्य हासिल गर्नका लागि यस महाशाखाले राष्ट्रिय योजना आयोगबाट स्वीकृत
वैदेशिक सहयोग सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने, ती कार्यक्रम सञ्चालनका लागि
सम्बन्धित नियोग र आयोजनाबीच समन्वयन गर्ने तथा तिनको प्रगति अनुगमन तथा मूल्याङ्कन
गर्नुका साथै सम्बन्धित आयोजना तथा शाखाबाट राय माग भएमा राय उपलब्ध गराउने र
कार्यक्रम कार्यान्वयनमा देखापरेका समस्या समाधान गर्न विभाग स्तरमा विभाग र
अन्तरगतका निकाय बीच छलफल तथा अन्तरक्रियाको कार्यक्रम सञ्चालन गर्ने तथा विभागको
योजना तर्जुमा गर्ने कार्य यस महाशाखाबाट गरिन्छ । यी कार्यहरू प्रभावकारी रूपमा
सम्पन्न गर्नका लागि यस महाशाखा अन्तरगत ४ छुट्टाछुट्टै शाखाहरू कार्यरत रहेका छन्
।
» आवास शाखा
» योजना शाखा
» अनुगमन शाखा
» बैदेशिक सहयोग शाखा
» समान्य प्रशासन तथा जनशक्ति विकास शाखा
» आर्थिक प्रशासन शाखा
|
आवास महाशाखा
आवास शाखा
यस आवास शाखाबाट सम्पन्न गरिने मुख्य-मुख्य कार्य यसप्रकार रहेका छन् ।
- श्री ५ को सरकारको आवास सम्बन्धि नीति अनुसार आवास योजना तर्जुमा गर्ने ।
- आवास योजना सम्बन्धि कार्यक्रम तयार गरी राष्ट्रिय योजना आयोगमा पठाउने पेश गर्ने ।
- राष्ट्रिय योजना आयोगबाट स्वीकृत आवास योजना सम्बन्धि कार्यक्रम विभागको योजना शाखासंग समन्वय गरी कार्यान्वयन गर्ने ।
- सम्बन्धित उ.म.नि. को निकटतम सर्म्पर्कमा रही कार्यक्रम अनुगमन गर्ने र बान्छित प्रगति हासिल गर्ने तर्फसक्रिय रहने ।
- आवास नीति सम्बन्धि निर्देशिका तयार गर्ने ।
- विभागीय प्रमुखबाट तोकिएका अन्य कार्य गर्ने ।
|
|
| Comments
or Inquiry for DUDBC |
|
|
|
|