Home » Acts & Regulations
 
नीति तथा कार्यनीति
ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण तथा शहरी विधास (रणनीति १ संघ सम्बद्ध)
  • शहरी आधारभूत सेवा, सुविधा तथा पर्वाधारको विकास र विस्तार, शहरी वातावरण सुधार एवम् सांस्कृतिक र प्राकृतिक सम्पदा संरक्षण गर्न सरकारी तथा निजी क्षेत्रको सहभागिता वृद्धि गराउने नीति अवलम्बन गरिनेछ ।
  • अनियन्त्रित शहरी विकास र विस्तारलाई योजनाबद्ध रूपमा व्यवस्थित गर्न विभिन्न भौगोलिक क्षेत्रको विकास योजना तर्जुमा गरी भौतिक योजना प्रणालीलाई सुदृढ गरिनेछ । भौतिक र आर्थिक विकास योजनालाई एकीकृत गरी रोजगारी पर््रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सन्तुलित क्षेत्रीय विकासका लागि शहरोन्मुख विकास मार्गहरूको अवधारणालाई अवलम्बन गरिने र सम्भावित शहर तथा ग्रामीण बजारहरूलाई पर्ूव-पश्चिम तथा उत्तर-दक्षिण राजमार्गजस्ता विकास रेखाको अवधारणासंग आवद्ध गरी विकास गरिनेछ ।
काठमाडौं उपत्यकालाई पर्यटकीय एवं सांस्कृतिक केन्द्रको रुपमा विकास (रणनीति २ संघ सम्बद्ध)
  • काठमाडौं उपत्यकाको एकीकृत र समन्वयात्मक विकासको अवधारणालाई अगाडि बढाइनेछ । यस अवधारणाअनुरूप काठमाडौं उपत्यकाको बीसवर्षो विकास अवधारणा तथा अन्य अध्ययनका आधारमा शहरी विस्तारलाई व्यवस्थित गर्दै लैजाने नीति अवलम्बन गरिनेछ । साथै उपत्यकाको वातावरणमा प्रतिकूल असर पार्ने उद्योग तथा अन्य क्रियाकलापलाई दुरुत्साहित गरी सूचना प्रविधिजस्ता अनुकूल वातावरणीय असर पार्ने उद्योगहरूद्वारा प्रतिस्थापन गर्ने नीति अवलम्बन गरिनेछ ।
  • एकीकृत शहरी विकास नीति तर्जुमा गरी भौगोलिक स्थल विशेषको शहरी विकासलाई निर्देशित गरिनेछ ।
  • काठमाडौं उपत्यकाको प्रभाव क्षेत्रमा परेका मझौलास्तरका शहर तथा उपनगरहरूको एकीकृत रूपले विकास गरिनेछ । आवश्यकताअनुसार सुविधायुक्त नयाँ उपनगर (Sattelite town) वा बस्ती केन्द्रको विकास गरिनेछ ।
शहरी पर्ूवाधार निर्माणमा स्थानीय निकाय तथा निजी क्षेत्रको साधन परिचालन (रणनीति ३ संघ सम्बद्ध)
  • स्थानीय निकायको अग्रसरतामा नगरपालिकाहरूमा खानेपानी, विद्युत्, टेलिफोन, सडक तथा ढल निकासजस्ता न्यूनतम सेवा सुविधा क्रमशः विकास गरिनेछ ।
  • स्थानीय निकायहरुको शहरी व्यवस्थापन तथा स्रोत साधनको परिचालन गर्ने क्षमतामा अभिवृद्धि गरिनेछ ।
  • शहरी क्षेत्रको फोहोरमैला व्यवस्थापन सम्बन्धमा प्रदूषणकर्ताले नै शुल्क तिर्नर्ुपर्दछ (Polluter should pay) भन्ने अवधारणालाई कार्यान्वयन गरिनेछ ।
  • शहरी क्षेत्रको फोहोर मैलाको व्यवस्थापनमा निजी क्षेत्रलाई संलग्न गराइनेछ ।
शहरी विकासको व्यवस्थापन (रणनीति ४ संघ सम्बद्ध)
  • जनसंख्या वृद्धि र बसाइँ-सराइको प्रवृत्तिलाई दृष्टिगत गरी ग्रामीण बजार विकास र शहरीकरणलाई प्राथमिकतासाथ व्यवस्थित गरिनेछ ।
गाउ नगर साझेदारी कार्यक्रम (रणनीति ५ संघ सम्बद्ध)
  • गाउँ र नगरको अन्तरसम्बन्धलाई सुदृढ गरी शहरी क्षेत्रलाई ग्रामीण विकासको परिपोषकको रूपमा परिचालन गरिनेछ ।

   
ABOUT DUDBC - in Nepali
MESSAGES FROM DG
E-Bidding
GOAL, VISION - in Nepali
FUNCTIONS, ACTIVITIES
- in Nepali
ORGANISATIONS - in Nepali
PROJECTS
ACTS & REGULATIONS
- in Nepali
NATIONAL BUILDING CODES
CITIZEN CHARTER
CONSTRAINT & OPPORTUNITIES
- in Nepali
PUBLICATIONS / REPORTS
AVAILABLE MAPS
WHO IS WHO
RELATED LINKS
HOME
NOTICE
Procurement Unit
Documentation Center
   
Comments or Inquiry for DUDBC
Name:
Email:
 
NOTE
If you face any problem in viewing Nepali Unicode Fonts in Windows 95/98/ME, Please install the required software.
 

 

© DUDBC 2013,
All Rights Reserved
Powered and Updated by Ranjita Shah