| |
|
महाशाखा तथा शाखाका कार्यहरु |
शहरी विकास महाशाखा
विभागको उद्देश्य हासिल गर्न यस महाशाखाले शहरी विकासको प्रक्रियालाई क्षेत्रगत
आधारमा अध्ययन गरी आवश्यक स्थलगत तथा आर्थिक तथा सामाजिक सूचाकाङ्कहरूसहितका
नक्साहरू तयार पारी शहरी तथा ग्रामीण विकास अन्तःसम्बन्धलाई दरिलो बनाउदै शहरी
बस्तीहरूको व्यवस्थित विकास गर्ने, शहरी भू-उपयोग योजना सम्बन्धी मापदण्डहरू बनाउने,
शहरी वातावरणको अध्ययन, मूल्याङ्कन तथा अनुसन्धान गर्ने, शहरीकरण तथा नगर विकास
गर्ने क्रममा आवश्यक पूर्वाधारहरू जस्तै सडक, ढल र बिजुली आदिको विकास, सुधार तथा
विस्तार गर्न आवश्यक कदम चाल्ने र नगरपालिका, नगर विकास समितिहरूलाई भौतिक विकास
योजना तयार पार्न सहयोग गर्नुका साथै तिनको डिजिटल आधार नक्सा
(Digital Base Map)
तयार पर्ने कार्यका लागि समयमै प्रभावकारी रूपमा कार्य सम्पादन होस् भनी यस महाशाखा
अर्न्तर्गत ५ वटा छुट्टा-छुट्टै शाखाहरू कार्यरत रहेका छन् ।
» भौतिक योजना तथा शहरी विकास शाखा
» शहरी वातावरण शाखा
» साना शहर शाखा
» नगरपालिका शाखा
» तथ्यांक तथा भू-सूचना शाखा
भवन महाशाखा
विभागको उद्देश्य हासिल गर्नका लागि यस महाशाखाले विभाग अन्तर्गतका भवन निर्माण
सम्बन्धी डिजाइन, इष्टिमेट तयार गर्ने गराउने र जिम्मेवारी पाएअनुसारका अन्य सरकारी
भवनहरूको समेत डिजाइन इष्टिमेट तयार गर्ने गराउने कार्य गर्दछ । यसका साथै नियमित
रूपमा सरकारी भवनहरूको लगत राखी मर्मत सुधार गर्ने कार्य र नेपाल सरकारबाट स्वीकृत
भएको भवन निर्माण सहिता सम्बन्धित निकायमा लागु गर्राई भवन निर्माण गर्ने गराउने तथा
भवन निर्माण गर्दा अपनाउनु पर्ने प्रक्रियाहरू जस्तै ठेक्का व्यवस्थापन
(Contract Management) र खरिद व्यवस्थापन
(Procurement)को लागि आवश्यक निर्देशिका तथा मार्गदर्शन तयार गरी लागू गराउने कार्य यस
महाशाखाबाट गरिन्छ । यसको अलावा बिल्डिङ युटिलिटि सम्बन्धी कामका साथै आवस तथा शहरी
विकास कार्यक्रम सञ्चालनमा अपनाइनु पर्ने मापदण्ड
(Norms and Standard)
बनाई लागू गर्ने गराउने कार्य गरिन्छ । महाशाखाबाट गरिने काम समयभित्रै प्रभावकारी
रूपमा सम्पन्न गर्नका लागि यस महाशाखा अन्तर्गत ५ वटा छुट्टा-छुट्टै शाखाहरू
कार्यरत रहेका छन् ।
» भवन निर्माण शाखा
» भवन संहिता शाखा
» भवन सर्भिसेज शाखा
» भवन मर्मत तथा मुल्याङ्कन शाखा
» भवन मापदण्ड शाखा
आवास महाशाखा
विभागको उद्देश्य हासिल गर्नका लागि यस महाशाखाले राष्ट्रिय योजना आयोगबाट स्वीकृत
वैदेशिक सहयोग सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने, ती कार्यक्रम सञ्चालनका लागि
सम्बन्धित नियोग र आयोजनाबीच समन्वयन गर्ने तथा तिनको प्रगति अनुगमन तथा मूल्याङ्कन
गर्नुका साथै सम्बन्धित आयोजना तथा शाखाबाट राय माग भएमा राय उपलब्ध गराउने र
कार्यक्रम कार्यान्वयनमा देखापरेका समस्या समाधान गर्न विभाग स्तरमा विभाग र
अन्तरगतका निकाय बीच छलफल तथा अन्तरक्रियाको कार्यक्रम सञ्चालन गर्ने तथा विभागको
योजना तर्जुमा गर्ने कार्य यस महाशाखाबाट गरिन्छ । यी कार्यहरू प्रभावकारी रूपमा
सम्पन्न गर्नका लागि यस महाशाखा अन्तरगत ४ छुट्टाछुट्टै शाखाहरू कार्यरत रहेका छन्
।
» आवास शाखा
» योजना शाखा
» अनुगमन शाखा
» बैदेशिक सहयोग शाखा
» समान्य प्रशासन तथा जनशक्ति विकास शाखा
» आर्थिक प्रशासन शाखा
|
भवन महाशाखा
भवन संहिता शाखा
यस भवन संहिता शाखाबाट सम्पादन गरिने मुख्य-मुख्य कार्य यसप्रकार रहेका छन् ।
- भवन निर्माण संहिता नियम तर्जुमा गर्ने र यसलाई समयानुकूल अध्यावधिक गर्दै त्यसको
कार्यान्वयनमा प्रभावकारिता ल्याउन गाउँदेखि केन्द्रसम्म प्रचार प्रसार गर्ने र
सरकारीस्तरमा क्रमिक रूपमा लागू गर्ने ।
- भवन निर्माणसम्बन्धी प्रविधि विकास गर्न यस क्षेत्रसँग संलग्न उद्योगहरूसँग
समन्वय कायम गरी नयाँ प्रविधि विकास गरी भवन निर्माण समाग्री तयार गराउन सक्रिय
भूमिका खेल्ने ।
- अधिराज्यका भिन्न भौगोलिक क्षेत्रमा विद्यमान परम्परागत स्थानीय भवन निर्माण
प्रविधिको विश्लेषणबाट देखापरेका विशेषताहरू एवं त्रुटिहरू औँल्याई भवन बढी टिकाउ,
वातावरणलाई असर नपार्ने, मितव्ययी तथा सुविधायुक्त बनाउन सुधारात्मक उपायहरू तयार
गरी प्रचार प्रसार गर्ने र सो सम्बन्धी तालिम सञ्चालन गर्ने ।
- विभिन्न मुलुकहरू खासगरी दक्षिण एसियाली मुलुकहरूमा प्रविधि विकास सम्बन्धमा भए
गरेका अध्ययन अनुसन्धान सम्बन्धी जानकारी हासिल गर्ने र देशका लागि उपयुक्त हुने
खालको प्रविधि छनौट गरी सरकारी तथा गैर सरकारी क्षेत्रमा प्रचार प्रसार गर्ने ।
- विभागअर्न्तर्गत कार्यरत सम्पूर्ण जनशक्तिलाई समयानुकूल बढी दक्ष तथा कुशल बनाउने
उद्देश्य अनुरूप आवश्यकतानुसार तालिम, अध्ययन भ्रमण तथा उच्च शिक्षा अध्ययन व्यवस्था
गर्नुका साथै सीप एवं अनुभवको आदान प्रदान गर्न पाउने व्यवस्था मिलाउने ।
- भवन निर्माण सामाग्री अनुसन्धान प्रयोगशालाबाट अधिराज्यको विभिन्न क्षेत्रमा पाइने
निर्माण सामाग्रीहरूको गुणस्तरको परीक्षण गर्दै जाने र प्राप्त नतिजाका आधारमा
उपयुक्त निर्माण सामाग्री छनौट गरी प्रयोग विधि तयार गरी प्रचार प्रसार गर्ने ।
- सरकारी भवन अभिलेख समयानुकुल अद्यावधिक गर्ने गराउने ।
|
|
| Comments
or Inquiry for DUDBC |
|
|
|
|