Home » Goal, Vision
 
संस्थागत उद्देश्य
यस शहरी विकास तथा भवन निर्माण विभागको मुख्य रूपमा निम्न तीन उद्देश्य रहेका छन् ।
शहरी विकास : विद्यमान सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरूको संरक्षण तथा संवर्धन हुने गरी आधुनिक, भौतिक सुविधाहरूको व्यवस्था गरी दिगो रूपले शहरहरूको विकास तथा गाउँ र नगरबीचको अन्तः सम्बन्धलाई सुदृढ गर्ने ।
विद्यमान सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरूको संरक्षण तथा संवर्धन हुने गरी आधुनिक, भौतिक सुविधाहरूको व्यवस्था गरी दिगो रूपले शहरहरूको विकास तथा गाउँ र नगरबीचको अन्तःसम्बन्धलाई सुदृढ गर्ने ।
आवास : व्यवस्थित बसोबासको प्रवर्धन गर्दै सुरक्षित तथा किफायती खालका आवासहरू उपलब्ध गराउने ।
भवन : सुरक्षित, किफायती र वातावरण अनुकूल सकभर स्वदेशी वास्तुकला झल्कने खालका भवनहरू निर्माण तथा विकास गराउने ।

प्रमुख कार्यहरु
यस विभागबाट मुख्यरूपमा निम्न कार्यहरू गरिन्छ ।
  • सरकारी निकायहरूको भवननिर्माण, सुधार र पुनः निर्माणको लागि डिजाइन, लागत इष्टिमेट र अन्य परामर्श सेवा उपलब्ध गराउने,
  • सरकारी भवनहरूको डिजाइन तथा निर्माणमा संलग्न रहने परामर्शदातृहरूको गुणस्तर कायम गराउन आवश्यक मापदण्ड तथा निर्देशिका तयार गरी लागू गर्ने,
  • भवन निर्माणसम्बन्धी निर्देशिका तथा नक्सा तयार गर्ने,
  • भवन निर्माणका लागि साइट प्लान तयार गर्ने,
  • भवनहरूको स्यानिटरी योजना, वातानुकूलित प्रणाली (Air Conditioning System), थर्मल इन्सुलेशन (Thermal Insulation), अकोष्टिक डिजाइन (Acoustic Design), लिफ्ट (Lift) तथा इस्कलेटर सिष्टम (Escalator System) हरूको विस्तृत डिजाइन र लागत इष्टिमेट तयार पार्नका लागि समन्वय गर्ने,
  • सबै सरकारी भवनहरूको लगत अद्यावधिक गरी सोको आधारमा सरकारी भवन मर्मतसम्बन्धी दीर्घकालीन नीति तयार गरी कार्य गर्ने,
  • भवन निर्माणसम्बन्धी अन्य मुलुकहरूमा अपनाइएको उपयुक्त प्रविधि छनौट गरी उक्त प्रविधि सरकारी तथा निजी क्षेत्रमा प्रयोग गर्न प्रचार प्रसार गर्ने,
  • दररेट विश्लेषण तथा निर्माण डकुमेण्ट तयारी सम्बन्धी कार्य गर्ने,
  • शहरी बस्तीहरूको व्यवस्थित विकास गर्दा आइपर्ने समस्याहरू समाधान गर्न र बढ्दो वातावरणीय समस्याको निराकरण गर्न आवश्यक कार्यनीति र विस्तृत योजना तर्जुमा गरी स्थानीय निकायहरूसँग समन्वय र साझेदारी कायम गर्दै क्रमशः लागु गर्दै जाने,
  • स्थानीय निकायहरूलाई आफ्नो योजना तथा कार्यक्रम सञ्चालन गर्न सक्ने तुल्याउन ती निकायहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने,
  • स्थानीय निकायहरूका बीच ती निकायहरूलाई प्रभाव पार्ने विकास योजनाको तर्जुमा र कार्यान्वयनमा समन्वय र साझेदारी कायम गर्ने,
  • शहरी विकास तथा भवन निर्माणसम्बन्धी अल्पकालीन तथा दीर्घकालीन योजनाहरू तर्जुमा गर्ने र तिनको क्रमशः कार्यान्वयन गर्ने,
  • शहरी वातावरण संरक्षण सम्बन्धी कार्य गर्ने ।

   
ABOUT DUDBC - in Nepali
MESSAGES FROM DG
DUDBC E-bidding System
GOAL, VISION - in Nepali
FUNCTIONS, ACTIVITIES
- in Nepali
ORGANISATIONS - in Nepali
PROJECTS
DEPARTMENT ACTIVITIES
LAWS, ACTS & REGULATIONS
- in Nepali
NATIONAL BUILDING CODES
CITIZEN CHARTER
CONSTRAINT & OPPORTUNITIES
- in Nepali
PUBLICATIONS / REPORTS
AVAILABLE MAPS
WHO IS WHO
RELATED LINKS
HOME
NOTICE
LIBRARY
 

Click the link below for Earthquake Risk Reduction and Recovery Preparedness Programme for Nepal

www.errrp.org.np

 

Comments or Inquiry for DUDBC
Name:
Email:
 
NOTE
If you face any problem in viewing Nepali Unicode Fonts in Windows 95/98/ME, Please install the required software.
 

 

© DUDBC 2009,
All Rights Reserved
Powered and Updated by Ranjita Shah