माथि उल्लिखित उद्देश्य हासिल गर्नका लागि सञ्चालन गरिने कार्यहरूको प्रभावकारी कार्यान्वयन र सक्षम व्यवस्थापनको लागि यस शहरी विकास तथा भवन निर्माण विभागको कार्यक्षेत्र र सङ्गठनात्मक संरचना बेला बखतमा फेरवदल हुँदै आएको पाइन्छ । यस विभाग र अर्न्तर्गतका "क" वर्गका डिभिजन कार्यालय, "ख" वर्गका डिभिजन कार्यालय, "ग" वर्गका डिभिजन कार्यालय, भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र र भवन निर्माण सम्भार डिभिजन कार्यालयको वर्तमान सङ्गठन संरचनाअनुसार मौजुदा कूल दरबन्दी विवरण यस प्रकार रहेको छ र तिनीहरूको सङ्गठन संरचना क्रमशः अनुसूची - १,२,३,४,५ र ६ मा दिइएको छ ।
विभाग र अन्तर्गतका निकायहकको परिचयात्मक विवरण
शहरी विकास तथा भवन निर्माण विभागको माथि उल्लिखित उद्देश्यहरू हासिल गर्न विभाग अन्तर्गत महाशाखाहरू, डिभिजन कार्यालयहरू, भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र, भवन निर्माण सम्भार डिभिजन कार्यालय तथा विभिन्न आयोजनाहरू कार्यरत रहेका छन् । यी निकायहरूको परिचय, उद्देश्य तथा यी निकायहरूले गर्ने मुख्य-मुख्य कार्यहरू निम्नअनुसार रहेका छन् ।
· भौतिक योजना तर्जुमा एवं शहरी विकास सम्बन्धी योजना तर्जुमा गर्ने गराउने ।
· नगरोन्मुख साना शहरहरुको अध्ययन गरी पर्ूवाधार तयार गर्ने कार्य गराउने ।
· शहरी वातावरणलाई मैत्री बनाउने सम्बनधमा विभिन्न अध्ययन गर्ने गराउने र सो अनुसार कार्य गर्ने गराउने ।
· विभिन्न नगरपालिकाहरुको भौतिक योजना तयार गर्ने तथा न.पा. संग समन्वय गरी कार्य गर्ने गराउने ।
· नगरपालिका, नगर विकास समिति, जिल्ला सदरमुकाम, बजार केन्द्र आदिको डिजिटल आधार नक्सा तयार गर्ने गराउने ।
· आवास तथा शहरी विकास अयोजना सम्बन्धि भू सूचना तथा तथ्यांक अध्ययन गरी अद्यावधिक गर्ने गराउने ।
· नगर विकास ऐन अर्न्तर्गत नगर विकास समितिहरुको काम गर्ने गराउने, नगर विकास निर्देशिका लागू गर्ने तर्फसक्रिय रही काम गर्ने ।