| |
|
महाशाखा तथा शाखाका कार्यहरु |
शहरी विकास महाशाखा
विभागको उद्देश्य हासिल गर्न यस महाशाखाले शहरी विकासको प्रक्रियालाई क्षेत्रगत
आधारमा अध्ययन गरी आवश्यक स्थलगत तथा आर्थिक तथा सामाजिक सूचाकाङ्कहरूसहितका
नक्साहरू तयार पारी शहरी तथा ग्रामीण विकास अन्तःसम्बन्धलाई दरिलो बनाउदै शहरी
बस्तीहरूको व्यवस्थित विकास गर्ने, शहरी भू-उपयोग योजना सम्बन्धी मापदण्डहरू बनाउने,
शहरी वातावरणको अध्ययन, मूल्याङ्कन तथा अनुसन्धान गर्ने, शहरीकरण तथा नगर विकास
गर्ने क्रममा आवश्यक पूर्वाधारहरू जस्तै सडक, ढल र बिजुली आदिको विकास, सुधार तथा
विस्तार गर्न आवश्यक कदम चाल्ने र नगरपालिका, नगर विकास समितिहरूलाई भौतिक विकास
योजना तयार पार्न सहयोग गर्नुका साथै तिनको डिजिटल आधार नक्सा
(Digital Base Map)
तयार पर्ने कार्यका लागि समयमै प्रभावकारी रूपमा कार्य सम्पादन होस् भनी यस महाशाखा
अर्न्तर्गत ५ वटा छुट्टा-छुट्टै शाखाहरू कार्यरत रहेका छन् ।
» भौतिक योजना तथा शहरी विकास शाखा
» शहरी वातावरण शाखा
» साना शहर शाखा
» नगरपालिका शाखा
» तथ्यांक तथा भू-सूचना शाखा
भवन महाशाखा
विभागको उद्देश्य हासिल गर्नका लागि यस महाशाखाले विभाग अन्तर्गतका भवन निर्माण
सम्बन्धी डिजाइन, इष्टिमेट तयार गर्ने गराउने र जिम्मेवारी पाएअनुसारका अन्य सरकारी
भवनहरूको समेत डिजाइन इष्टिमेट तयार गर्ने गराउने कार्य गर्दछ । यसका साथै नियमित
रूपमा सरकारी भवनहरूको लगत राखी मर्मत सुधार गर्ने कार्य र नेपाल सरकारबाट स्वीकृत
भएको भवन निर्माण सहिता सम्बन्धित निकायमा लागु गर्राई भवन निर्माण गर्ने गराउने तथा
भवन निर्माण गर्दा अपनाउनु पर्ने प्रक्रियाहरू जस्तै ठेक्का व्यवस्थापन
(Contract Management) र खरिद व्यवस्थापन
(Procurement)को लागि आवश्यक निर्देशिका तथा मार्गदर्शन तयार गरी लागू गराउने कार्य यस
महाशाखाबाट गरिन्छ । यसको अलावा बिल्डिङ युटिलिटि सम्बन्धी कामका साथै आवस तथा शहरी
विकास कार्यक्रम सञ्चालनमा अपनाइनु पर्ने मापदण्ड
(Norms and Standard)
बनाई लागू गर्ने गराउने कार्य गरिन्छ । महाशाखाबाट गरिने काम समयभित्रै प्रभावकारी
रूपमा सम्पन्न गर्नका लागि यस महाशाखा अन्तर्गत ५ वटा छुट्टा-छुट्टै शाखाहरू
कार्यरत रहेका छन् ।
» भवन निर्माण शाखा
» भवन संहिता शाखा
» भवन सर्भिसेज शाखा
» भवन मर्मत तथा मुल्याङ्कन शाखा
» भवन मापदण्ड शाखा
आवास महाशाखा
विभागको उद्देश्य हासिल गर्नका लागि यस महाशाखाले राष्ट्रिय योजना आयोगबाट स्वीकृत
वैदेशिक सहयोग सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने, ती कार्यक्रम सञ्चालनका लागि
सम्बन्धित नियोग र आयोजनाबीच समन्वयन गर्ने तथा तिनको प्रगति अनुगमन तथा मूल्याङ्कन
गर्नुका साथै सम्बन्धित आयोजना तथा शाखाबाट राय माग भएमा राय उपलब्ध गराउने र
कार्यक्रम कार्यान्वयनमा देखापरेका समस्या समाधान गर्न विभाग स्तरमा विभाग र
अन्तरगतका निकाय बीच छलफल तथा अन्तरक्रियाको कार्यक्रम सञ्चालन गर्ने तथा विभागको
योजना तर्जुमा गर्ने कार्य यस महाशाखाबाट गरिन्छ । यी कार्यहरू प्रभावकारी रूपमा
सम्पन्न गर्नका लागि यस महाशाखा अन्तरगत ४ छुट्टाछुट्टै शाखाहरू कार्यरत रहेका छन्
।
» आवास शाखा
» योजना शाखा
» अनुगमन शाखा
» बैदेशिक सहयोग शाखा
» समान्य प्रशासन तथा जनशक्ति विकास शाखा
» आर्थिक प्रशासन शाखा
|
शहरी विकास महाशाखा
शहरी वातावरण शाखा
यस शहरी वातावरण शाखाबाट सम्पादन गरिने मुख्य-मुख्य कार्य यस प्रकार रहेका छन् ।
- विभाग र अर्न्तगत संचालित आयोजना तथा डिभिजन कार्यालयबाट पेश भएको कार्यक्रमहरु विभागले निर्दिस्ट
गरेको प्रक्रियाको आधारमा छनौट गर्ने र सो कार्यक्रम तर्जुमा गरी उपमहानिर्देशक/महाशाखा प्रमुख समक्ष पेश
गर्ने ।
- शहरी मापदण्ड तथा वातावरणसंग सम्वन्धित सुचना तथा तथ्यांक संकलन गर्ने र गर्न लगाउने ।
- शहरी मापदण्ड नभएका नगरपालिका तथा न.वि.स. हरुको मापदण्ड बनाउने र बनाउन लगाउने । पुराना
मापदण्डहरु अद्यवाधिक गर्ने र गर्न लगाउने । साथै पहाडी र तर्राई क्षेत्रको लागि मोडल मापदण्ड बनाई सो
को अद्यावधिक गर्ने र गर्न लगाउने ।
- शहरी वातावरण सुधार र संरक्षणका कार्यक्रमहरु तर्जुमा गर्ने गराउने ।
- मापदण्ड लागु भएका कार्यक्रमको अनुगमन गर्ने र गर्न लगाउने ।
- बिश्व स्वास्थ्य संगठनको "स्वस्थ शहर"सम्बन्धी कार्यक्रम संचालन गर्नमा सहयोग गर्ने ।
- वातावरण सुधार गर्नुपर्ने शहरी क्षेत्र पहिचान गर्ने र वातावरण संरक्षण गर्नका लागि सम्वन्धित निकायमा
जानकारी गर्ने र गर्न लगाउने ।
- शहरी मापदण्ड र वातावरणसंग सम्वन्धित अन्य कार्य गर्ने र गर्न लगाउने ।
- स्वीकृत वाषिर्क कार्यक्रम कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गरी महाशाखा प्रमुख र विभागीय प्रमुख समक्ष
पेश गर्ने ।
- शाखा अर्न्तगतका कर्मचारीहरुको कार्यको अनुगमन गर्ने ।
- शाखालाई तोकेको अन्य सबै कार्य गर्ने ।
- महानिर्देशक र उपमहानिर्देशकबाट समय समयमा दिईएको निर्देशन अनुसार अन्य कार्य गर्ने ।
|
|
| Comments
or Inquiry for DUDBC |
|
|
|
|