national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा नवमी - २४

BMIS

BMIS - Building Managment Information System
सूचना प्रविधिको यति धेरै विकास भईसक्दा पनि आफ्नो कार्यक्षेत्रभित्र रहेका सरकारी भवनहरुको व्यवस्थित विवरण कार्यालयको रेकर्डमा नभएकोमा भवन सम्बन्धी विभिन्न निर्णयहरु गर्नमा समस्याहरु आईपरेको छ । आफ्नो मातहतको कार्यक्षेत्रभित्र कुन-कुन भवनहरु कहाँ-कहाँ छन्, कुन मितिमा निर्माण कार्य शुरू भई कहिले सम्पन्न भएको हो, निर्माणमा को को सहभागी थिए, कति समय र लागतमा बनेको हो, तिनीहरुको अवस्थिति, अवस्था के कस्तो छ, मर्मत, संभारको खाँचो छ वा छैन, भए के कति खर्च लाग्छ, कुन कार्यालयमा अतिरक्त जग्गाजमिन छ, आदि तयार विवरणको एकिकृत विवरणको अभावले सार्वजनिक समपत्ति र भवनको व्यवस्थापन, भवन निर्माणको लागत अनुमान तयार तथा अवश्यक बजेटको आँकलन (भवन निर्माण तथा मर्मत, संभारको निम्ति) सम्बन्धी निर्णयहरु लिन गाह्रो भएको देखिन्छ ।

सो विवरणहरु एकिकृत रूपमा व्यवस्थित गर्न सकेको खण्डमा शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, सो विबाग मातहतका संघीय आयोजना कार्यान्वयन ईकाइहरु तथा सघन शहरी आयोजना कार्यालयहरु, राष्ट्रिय योजना आयोग, महालेख परिक्षकको कार्यालय, आदिको कार्यसम्पादनमा सहजता आउने देखिन्छ । साथै सम्पूर्ण सरकारी भवनहरुको उचित सूचना व्यवस्थापन भई समयबद्ध रुपमा मर्मत संभारमा सहजता हुने देखिन्छ । यस कार्यालयको कार्यक्षेत्रभित्र रहेका सम्पूर्न भवनहरुको व्यवस्थित विवरण तयार गरी कार्य सम्पादनमा सहजताको लागि BMIS तयार गरिएको छ।

Visit Link :- BMIS