NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा नवमी - २४

परिचय

परिचय पृष्ठभूमि

शहरी विकास मन्त्रालय अन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभाग (श. वि .तथा भ. नि.वि .) नेपालमा शहरी विकास, आवास र भवन निर्माण सम्बन्धी कार्यक्षेत्र सम्हाल्ने केन्द्रीय निकाय हो । यसको शुरुवात वि. स‌ं. २००७ अघि बनाउनेे अड्डाका रुपमा भएको थियो । वि. सं .२०२० माघ १० गतेका दिन विधिवत रुपमा भवन विभागको नामबाट स्थापित भई विस्तारै अवास, शहरी योजना र ठूला परियोजनातर्फ केन्द्रीत भयो । वि. सं . २०४५ मा दुई वटा छुट्टिएका विभाग - भवन र आवास तथा शहरी विकास विभागलाई वि. सं . २०५७ मा एकीकृत गरी हालको संरचना बनेको हो ।संघीय संरचनामा विभागले दिगो शहरी विकास, सुरक्षित भवन सबैका लागि आवास र विपद पश्चात पुनर्निर्माणलाई प्रमुख कार्यक्षेत्र बनाएको छ ।

null

शहरी बिकास तथा भवन निर्माण बिभाग नेपालराज्य भरी ब्यबस्थित बसोवासको व्यबस्थालाई प्रबद्र्धन गर्ने तथा आम जनताको आधारभूत आवश्यकताको रुपमा रहेको भवन निर्माणको उपयुक्त मापदण्ड तय गरि सुरक्षित, किफायती भवन निर्माणको बिधामा निरन्तर क्रियाशिल संगठन हो । उपरोक्त कार्यहरुलाई व्यबस्थित तुल्याउन यस बिभागले नेपाल सरकारले निर्दिष्ट गरे अनुसार देहायका कार्यहरु सम्पादन गर्दे आएको छ ।