वि.सं:
नेपाल संवत: ११४६ थिंलागा आमै - ३०
नेपाल सरकार, शहरी बिकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागले मिति २०८२/ ०९/०४ का दिन बाँस संरचना डिजाइन मार्गदर्शन २०८२ विमोचन कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ।
कार्यक्रममा माननीय शहरी बिकास मन्त्रि श्री कुलमान घिसिंग, मधेश प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय डा. सोहन प्रसाद साह, शहरी विकास मन्त्रालयका सचिव श्री गोपाल सिग्देल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहरा, Habitat for Humanityकि राष्ट्रिय कार्यक्रम निर्देशक श्री एलिजा स्थापित, खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर श्री तिर्थराज भट्टराई, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा. डा. श्री जीव राज पोख्रेल, कानेपोखरी गाउँपालिका, मोरङकि प्रमुख राजमती इङ्गनाम,मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका डा. किशोर तिमिल्सिना लगायत अन्य विभिन्न संघ संस्थाका अतिथिहरू साथै बाँस तथा भवन संरचना निर्माण सँग सम्बन्धित सयौं व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै शहरी विकास तथा भवन निर्माण विभागका उप-महानिर्देशक श्री सुनिल कुमार ठाकुरले बाँस स्थानीय, नविकरणीय, र वातावरण मैत्री निर्माण सामाग्री भएको औलाउनु भयो । माननीय मन्त्रि कुलमान घिसिंग ज्युले बिमोचन पछी बोल्दै बाँसलाई निर्माण सामग्रीको रुपमा प्रयोग गर्दा स्थानीय रोजगारी बढ्ने, आयातित निर्माण सामग्री लाई विस्थापित गरी व्यापार घाटा समेत घटाउन सक्ने तर्क समेत राख्नुभयो, कार्यक्रममा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलज्युले खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईको बिशेष पहलमा यो मार्गदर्शन छिटो तयार भएको साथै यसले पोर्टोटाइप डिजाइनले कार्यान्वयनमा सहजता हुने बताउनु भयो। कार्यक्रमको अध्यक्षता गर्नुभएका शहरी बिकास तथा भवन निर्माण विभागका महानिर्देशक श्री रविन्द्र बोहोराले बोल्दै बाँसको उत्पादन र उपयोगको क्षेत्र बिस्तार भैरहेकाले यो बाँस संरचना डिजाइन मार्गदर्शनको प्रभावकारी कार्यान्वयनका लागि स्पेसिफिकेसन र नर्मस(Norms) तयार भइरहेको बताउनुभयो । कार्यक्रमको अन्त्य तिर भएको प्यानल छलफलमा बोल्दै सहभागीहरूले यस मार्गदर्शनको उपयोगिता, विगतमा भएका प्रयास र भविष्यमा चाल्नुपर्ने थप कदमहरूका बारे बिचार राख्नु भएको थियो । उक्त प्यानल छलफलको अध्यक्षता गर्नु भएका शहरी विकास तथा भवन निर्माण विभागका उप-महानिर्देशक श्री एक राज अधिकारीले अन्त्यमा स्थानीय स्तरमा भएका सीप, परम्परागत कालिगढी, वास्तुकलाको संरक्षण तथा प्रविधि हस्तान्तरण गर्न पालिकाहरूले पहल गर्नु पर्ने बताउनु भयो। स्थानीय स्तरमा सीप, प्रविधि र सामाग्रीको प्रयोगलाई बढोत्तरी गरी रोजगारी वृद्धि गरी छिमेकी देशका कामदारले लग्ने रेमिट्यान्स घटाउन सकिने विचार व्यक्त गर्नु भयो साथै प्यानालिस्टहरुको प्रस्तुतिले थप उर्जा सृजना गरेको बताउनु भयो ।